मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले नेपालीे प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन त्यसतर्फ जाने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन ।
प्रधानमन्त्री प्रचण्ड सहितको टोली आगामी भदौ ३० गते न्यूयोर्क प्रस्थान गर्नेछ ।