दुईदिन पछि तोकियो प्याजको मुल्य, आज कति छ ?
काठमाडौं, ७ भदौ २०८० ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्याजको मूल्य तोकेको छ । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णयसंगै कालिमाटी फलफुल तथा तरकारी बजारले प्याज नभित्रिएको भन्दै दुई दिनयता मूल्य सूचीबाट हटाएको थियो । आज दुई दिनपछि समितिले दैनिक मूल्य सूचीमा प्याजको मूल्य तोकेको हो । जसअनुसार आज कालीमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको छ । यसअघि आइतबार ६२ रुपैयाँ प्रतिकिलो र सोमबार किलोमा १८ रुपैयाँ बढाएर मुल्य सुची राखिएको थियो । मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन ।

भिजन लुम्बिनीलाई आईपीओ निष्काशनको अनुमति
काठमाडौं, ७ भदौ २०८० ।

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ ५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल  रहेको छ । कम्पनीले फागुन २१ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाटको सेति नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रधानमन्त्रीले संसद्‍मा निर्वाचन आयोगको प्रतिवेदन पेश गर्दै
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८/७९ पेश गर्ने कार्यसूचि रहेको छ । संसद् सचिवालयका अनुसार आज एउटामात्रै कार्य सुची रहेको छ । ६० किलो सुन तस्करीमा छानबिन आयोग बनाउन सरकार तयार भएसँगै झण्डै एक महिनापछि हिजोबाट सदन सुचारु भएको हो ।  

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने
आर्थिक परिवेश संवाददाता

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ । दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा आज हस्ताक्षर भएको छ ।काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका ५ केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो । बिहीबार यी दुई संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हाल समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३९ करोड ४१ लाख रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्ता पुँजी १४ करोड ८४ लाख रहेको छ ।

संसद चल्ने, दलहरुबीच जुट्यो सहमति
काठमाडौं, ६ भदौ २०८० ।

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको हो । संसदमा रहेका प्रमुख दलहरुबीच सुन तस्करीका सम्बन्धमा छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यही साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो बढी सुन तस्करीको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेपछि आयोग बन्नेछ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा…