दुईदिन पछि तोकियो प्याजको मुल्य, आज कति छ ?

काठमाडौं, ७ भदौ २०८० ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्याजको मूल्य तोकेको छ । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णयसंगै कालिमाटी फलफुल तथा तरकारी बजारले प्याज नभित्रिएको भन्दै दुई दिनयता मूल्य सूचीबाट हटाएको थियो ।

आज दुई दिनपछि समितिले दैनिक मूल्य सूचीमा प्याजको मूल्य तोकेको हो । जसअनुसार आज कालीमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको छ ।

यसअघि आइतबार ६२ रुपैयाँ प्रतिकिलो र सोमबार किलोमा १८ रुपैयाँ बढाएर मुल्य सुची राखिएको थियो । मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित