फेरि बढ्यो ब्रोइलर कुखुराको मासुको मुल्य

काठमाडौं, ३ असोज २०८० ।

ब्रोइलर कुखुराको मासुको मुल्य फेरि बढ्ने भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको छ ।

बैठकले जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेको हो । अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ कायम भएको छ । भदौ २५ मा कुखराको एक किलोको मूल्य २६० रुपैयाँ रहेको थियो । भदौ २७ मा फेरि प्रतिकिलो १० रुपैयाँले बढेर २७० रुपैयाँ पुगेको थियो । यसैगरी, ६ दिनपछि नै संघले ब्रोइलर कुखुराको मूल्य १० रुपैयाँ थप बढाएको हो ।

यसरी, जिउँदो कुखुराको मूल्य बढेसँगै तयारी मासु पनि प्रतिकिलो १५ रुपैयाँले बढ्नेछ । अब ब्रोइलर कुखुराको मासुको मूल्य बढेर ३९० रुपैयाँदेखि ४१५ रुपैयाँसम्म पुग्नेछ ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित