घट्यो प्याजको भाउ, अन्य तरकारीको मुल्य कति छ ?

काठमाडौं, ८भदौ २०८० ।

शुक्रबार कालिमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजानिक गरेको मुल्य सुची अनुसार भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रति किलो ७८ रुपैयाँ र न्युनतम मूल्य प्रति किलो ७३ रुपैयाँ कायम गरिएको छ ।

बिहीबार प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको थियो ।

भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसंगै कालिमाटी फलफुल तथा तरकारी बजारमा प्याज भित्रिएको थिएन । जसका कारण कालिमाटीमा केही दिन प्याज नभित्रिदाँ मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन ।

त्यस्तै शुक्रबार कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गोलभेडा प्रति किलो मूल्य ८०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ५५, लोकल गोलभेडा सानो ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय रातो आलु ३६, ब्रोकाउली १६०, स्थानिय काउली ५५, ज्यापु स्थानीय काउली ९०, लोकल बन्दा ४५, लोकल गाजर १०० रुपैयाँ प्रति किलो न्यूनतम मूल्य काय गरिएको छ ।

त्यस्तै घिरौला प्रति किलो ६०, घिउ सिमी लोकल ८०, लौका ८०, हरियो फर्सी ८०, कुरिलो ४५० रुपैयाँ प्रति किलो, संजिवन १८० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, डल्लेच्याउ ३५०, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ९०, टाटे सिमी ८०, तितो करेला ७०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

अनार ३००, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, केरा दर्जन १३०,रुपैयाँ, नासपाती ७०, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा ९मुंगरी० २८० रूपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित