घट्यो प्याजको भाउ, अन्य तरकारीको मुल्य कति छ ?
काठमाडौं, ८भदौ २०८० ।शुक्रबार कालिमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजानिक गरेको मुल्य सुची अनुसार भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रति किलो ७८ रुपैयाँ र न्युनतम मूल्य प्रति किलो ७३ रुपैयाँ कायम गरिएको छ । बिहीबार प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको थियो । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसंगै कालिमाटी फलफुल तथा तरकारी बजारमा प्याज भित्रिएको थिएन । जसका कारण कालिमाटीमा केही दिन प्याज नभित्रिदाँ मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन । त्यस्तै शुक्रबार…
दोहोरो अंकले घट्यो नेप्से सुचक
काठमाडौं, ७ भदौ २०८० ।साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.५२ अंकले घटेर २ हजार १३.९३ विन्दुमा बन्द भएको हो । बिहीबार २७५ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ५५ करोड ५ लाख बराबरको सेयर किनबेच भएको छ । आज कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ । त्यस्तै मैलुङ हाइड्रोपावर कम्पनी लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने प्रतिशतका आधारमा सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै कारोबारका आधारमा सोल्टी…
सर्वोच्चप्रति कांग्रेस सांसदको आक्रोश, भने-संसदमाथि हस्तक्षेप भयो
काठमाडौं, ७ भदौ २०८० ।नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बजेटमा आएको संसद विकास कोष सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेशले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । घिमिरेले बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बजेट गर्ने निर्माण अधिकार संसदको रहेको भन्दै सर्वोच्चले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर व्यवस्थापिकामाथि हस्तक्षेप गरेको टिप्पणी गरे । ‘सांसदहरु जनताका प्रतिनिधि हुन् । कानुन बनाउने सर्वाधिकार तिनीहरुमा निहित छ’ सांसद घिमिरेले भने, ‘बजेटको एउटा अंशलाई झिकेर त्यसको विरोध गर्ने अधिकार न न्यायपालिकालाई छ, न कार्यपालिकालाई नै ।’ संविधानले अँगालेको शक्ति पृथकीकरणको सिद्धान्तलाई प्रभावित पार्ने गरी सर्वोच्च अदालतको आदेश आएको घिमिरेले बताए । उनले हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका अलग-अलग…
सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए
काठमाडौं, ७ भदौ २०८० ।अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग संवाद गरेको पाइएपछि विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा
काठमाडौं, ७ भदौ २०८० ।संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकबाट भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय भएको हो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरूको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, अब प्रतिनिधिसभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन । बैठकमा…

