अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित
आर्थिक परिवेश संवाददाता

अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्षमा निर्वाचित भएका छन । क्यानडाको भ्यानकुभरमा जारी जीईएफको ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट अर्थमन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याण्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । मन्त्री महतले विश्व वातावरण कोषको साधारणसभालाई सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत भाग वनका रुपमा संरक्षण गरी स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । मन्त्री महतले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको र त्यसको नतिजास्वरुप बाघ तथा गैंडाको संख्या उल्लेख्यरूपमा वृद्धि भएको बताए । नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने…

महिला टी–२० सिरिज : मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
काठमाडौं, ८ भदौ २०८० ।

महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ । चार देश सम्मिलित यस खेलमा नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो । मलेसियाविरुद्धको खेलमा टस हारेपछि नेपाल अहिले ब्याटिङ गरिरहेको छ । नेपालले केहीबेर अघिको खेलमा चार दशमलव चार ओभर खेल्दै एक…

चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत
काठमाडौं, ८ भदौ २०८० ।

लगानी बोर्ड नेपालले चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत परियोजनाका लागि लगानी स्वीकृति गरेको हो । लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।…

शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने
काठमाडौं, ८ भदौ २०८० ।

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो । नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवद्र्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए । ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै…

साइन रेसुंगा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्दै, बोलकबोल कहिले ?
आर्थिक परिवेश संवाददाता

काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकेको छ । सेयर बिक्रीका लागि बैंकले शुक्रबार बोलकबोलमार्फत गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ । सेयर खरिदका लागि बोलपत्र पेस गर्ने लगानीकर्ताहरुले उक्त मूल्यभन्दा कम नहुने गरी आवेदन दिनु पर्ने हुन्छ । एनआइसी एसिया क्यापिटलको कार्यालयबाट आवेदन प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था छ । न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ । सेयर खरिदका लागि…