सिटिजन्स बैंकले सुरु गर्‍यो कार्डलेस् विड्र सेवा
आर्थिक परिवेश संवाददाता

काठमाडौं | सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि विधिवत् रूपमा कार्डलेस क्यास विड्र सेवाको शुभारंभ गरेको हो । योसँगै अब बैंकका सेवाग्राहीले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड (ओटीपी) प्राप्त गरी सो पासवर्ड मार्फत सजिलै एटीएम्बाट पैसा निकाल्न सक्नेछन् । यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले जनाएको छ । शुक्रबार एक समारोहकाबीच कार्डलेस विड्र सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।…

माओ दिवस : यथार्थता र सान्दर्भिकता
नेत्रविक्रम चन्द ‘विप्लव’

काठमाडौं | नेपालमा माओ दिवसलाई विशेष महत्त्व दिइन्छ । कयौंले चीन नेपालबाट नजिकै भएका कारण कम्युनिस्टहरूमा त्यसको प्रभाव परेको मात्र हो भनेजसरी पनि अर्थ्याउँछन् तर वास्तविकता त्यस्तो होइन । माओले विश्व साम्राज्यवाद–पुँजीवाद एवं संशोधनवादका विरुद्ध र वैज्ञानिक समाजवाद–साम्यवादका पक्षमा जुन स्तर र मात्रामा लड्नुभयो, त्यो क्रान्तिकारी कम्युनिस्ट नेताहरूले लडेको सबैभन्दा ठूलो लडाइँ थियो, जुन लडाइँले विश्वभरिका कम्युनिस्टहरूलाई निकै ठूलो प्रेरणा, शक्ति र उत्साह पैदा गरिरहेको छ । आजको नेपाली सन्दर्भमा यसले झनै मेल खाइरहेको छ । विश्व राजनीतिमा प्रायः सत्ता, कुर्सी, पद र अवसरलाई केन्द्रमा राखेर काम गरिन्छ । आजको विश्व र नेपालमा त यसको बिगबिगी नै छ । जो सरकार…

विचार विकासको प्रश्न र प्रचण्ड विचारधारा
नहेन्द्र खड्का

काठमाडौं |  महाधिवेशन : आवश्यकता र औचित्य यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरु निर्वाचित गर्ने, पार्टी सेलदेखि केन्द्रीय प्रतिनिधिहरु चयन गर्ने, विचारको संश्लेषण गर्दै नयाँ राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र विधान संशोधन गरी नयाँ केन्द्रीय समिति निर्वाचन गर्नेसम्मका राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारीहरु पूरा भइसकेको सन्दर्भमा राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गर्ने पार्टी निर्णय सर्वथा सही, वैज्ञानिक र मार्क्सवादसम्मत छ । यो ऐतिहासिक निर्णयले अर्को राष्ट्रिय महाधिवेशनको आयोजना,…

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की
reporter

काठमाडौं | आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राखे । उनले आफू मन्त्रालय सम्हालेको आज ६४औँ दिनभएको बताउँदै ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो छ भने । मन्त्री कार्कीले झापाको मेचीनगर नगरपालिकामा एक हजार शय्याको होल्डिङ सेन्टर छिट्टै सञ्चालनमा आउने जानकारी दिँदै प्रदेशको १४ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउनेमा जोड दिए । उनले आपराधिक घटनामा संलग्नलाई कानुनको दायराभित्र ल्याउने भन्दै निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि गर्ने…

लेखनाथ न्यौपानेका १० बुँदे फरकमतमा के–के छन् ? (पूर्णपाठसहित)
reporter

काठमाडौं | नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनका कतिपय विषयवस्तुमा असहमति जनाउँदै सो पार्टीका युवानेता लेखनाथ न्यौपानेले चार पृष्ठको १० बुँदे लिखित फरकमत प्रस्तुत गरेका छन् । न्यौपानेको फरक मतले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ । अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाइएको उक्त फरक मतमा एमालेसँग विगतकालमा गरिएको एकता गलत रहेको समेत औंल्याइएको छ । ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिदैन,’ नेता न्यौपानेले भनेका छन्– ‘सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र । यसको एउटा उदाहरण…