साइन रेसुंगा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्दै, बोलकबोल कहिले ?

निकासखबर संवाददाता

काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकेको छ । सेयर बिक्रीका लागि बैंकले शुक्रबार बोलकबोलमार्फत गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

सेयर खरिदका लागि बोलपत्र पेस गर्ने लगानीकर्ताहरुले उक्त मूल्यभन्दा कम नहुने गरी आवेदन दिनु पर्ने हुन्छ । एनआइसी एसिया क्यापिटलको कार्यालयबाट आवेदन प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था छ । न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ ।

सेयर खरिदका लागि योग्य तथा इच्छुक विद्यमान संस्थापकहरु, व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्। ।

 

मा प्रकाशित