अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग संवाद गरेको पाइएपछि विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ ।
अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।