काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८/७९ पेश गर्ने कार्यसूचि रहेको छ । संसद् सचिवालयका अनुसार आज एउटामात्रै कार्य सुची रहेको छ ।
६० किलो सुन तस्करीमा छानबिन आयोग बनाउन सरकार तयार भएसँगै झण्डै एक महिनापछि हिजोबाट सदन सुचारु भएको हो ।