समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने

निकासखबर संवाददाता

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ । दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा आज हस्ताक्षर भएको छ ।काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका ५ केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो ।

बिहीबार यी दुई संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

हाल समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३९ करोड ४१ लाख रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्ता पुँजी १४ करोड ८४ लाख रहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित