धादिङको छहरा नजिकै यात्रुबाहक बस त्रिशुली नदीमा खस्यो

धादिङ, ६ भदौ २०८० ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकाको छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बिहान सबा ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

मा प्रकाशित