प्रिमियममा आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ, भदौ १५ देखि भर्न पाइने

काठमाडौं, ६ भदौ २०८० ।

सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा ९० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

इच्छुक आवेदकले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् ।

कम्पनीले यसअघिनै श्रमस्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई सेयर निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ ।

 

मा प्रकाशित