धादिङको गजुरी गाउँपालिका १, छहराबाट बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । उक्त बस दुर्घटनामा ६ जना पुरुष र दुई महिलाको मृत्यु भएको छ । बसमा कति जना यात्रु सवार थिए भन्ने हालसम्म खुलेको छैन ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।