सिआईबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन

निकासखबर संवाददाता

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बालुवाटार स्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना सम्बन्धमा गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ ।

सीआईबीले अनुसन्धान सुरु गरेको ५७ औँ दिनमा राय सहितको प्रतिवेदन बुझाएको हो । ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला न्यायाधिवक्ता महेश खत्रीले बताए ।

प्रतिवेदन अनुसार २०४९ देखि २०७९ सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।

जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिइएको छ ।

उक्त जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा बाबुराम भट्टराईको नाम समेत मुछिएको छ । अध्ययन प्रसतवेदन अनुसार पूर्वप्रधानमन्त्रीहरु द्धय नेपाल र भट्टराईलाई प्रतिवादी नबनाई साक्षीको रुपमा मात्र राखिएको छ ।

 

मा प्रकाशित