ओखलढुंगाकाे लिखुमा जनप्रतिनिधि र कर्मचारीकाे मनपरी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा असार लागे सँगै असार १५ देखी लाखौंका योजनाहरु पास भएका छन् । असार लागे सँगै गाउँपालिकाकामा  लाखौंका योजनाहरु १५ असार देखी २५ असारमा पास भएका हुन् । महिनौ अगाडी वडाका योजनाहरुको काम सकिए लगतै गाउँपालिकामा अन्तिम निकासाका लागि जाँदा अनुगमन नगरी निकासा रोकीएको थियो । तर, असार मसान्तमा गाउँपालिकामा दर्जनौ योजनाहरु नत अनुगमन भयो नत उपभोक्ता समितीका सदस्य नै गाउँपालिकामा जान पर्यो । वडा अध्यक्ष र समाजका केही अगुवाहरुको नेतृत्वमा गाउँपालिकामा दर्जनौ योजनाहरु काम नै नभइ पास भएका छन् । तत्कालीन जिल्ला विकास समितिको झल्को आउने गरी यो असारमा गाउँपालिकामा वडामा रहेका टाठाबाठाहरुले लाखौं रकम निकासा…

३१ वर्षे अभिनेता ताम्राकारले गरे आत्महत्या
आर्थिक परिवेश संवाददाता

काठमाडौँ, २२ असार । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा घाटीमा पासो लगाएर झुण्डिएर आत्महत्या गरेका हुन् । बुबा आमासँगै बस्दै आएका उनले घरमा कोही नभएका बेला झुन्डिएर आत्महत्या गरेका हुन् । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । बाबु र आमा साँझ कुनै पार्टीमा गएका बेला सारुकले आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले जानकारी दिएका छन् । हाल छायांकनरत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत ३१ वर्षीय सारुक बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । उनले केही म्युजिक भिडियाेहरूमा समेत अभिनय गरेका छन् । ‘ईन्टु मिन्टु लण्डनमा’,…

छ महिनाभित्र नदी किनारमा रहेका सुकुम्वासीलाई हटाउन सरकारलाई निर्देशन
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २० असार । काठमाडौं उपत्यकाभित्रका नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई आगामी छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बागमती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले आगामी छ महिनाभित्र बागमती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका रहेका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् । समितिले काठमाडौं उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बागमती सभ्यता करका नाममा उठाइएको ०.५ प्रतिशत रकम अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको हो । बैठकमा सहरी विकास मन्त्री…

चर्चित गायक एवं अभिनेता रविन तामाङको निधन
आर्थिक परिवेश संवाददाता

काठमाडौं, २० असार । चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरको कोठामा मंगलबार उनी मृत भेटिएको पारिवारिक स्रोतले बताएको छ । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको जानकारी दिएका छन् । पारिवारिक स्रोतले जानकारी दिएलगत्तै प्रहरीको टोली त्यहाँ पुगेको थियो । भित्रबाट लक भएको ढोका प्रहरीले फोडेर हेर्दा उनी मृत भेटिएका थिए । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया पुर्‍याएर शव पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । हाल रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । नेपाली रक…

समिक्षाको ‘म मर्छु तिमी बिना’ सार्वजनिक
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १७ असार । गायिका समिक्षा अधिकारीको स्वरमा सजित ‘म मर्छु तिमी बिना’ सार्वजनिक भएको छ । शब्द, संगीत तथा भिडियो निर्देशनसमेत अशोक बिकको रहेको यस गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । २१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् । गत बिहीबार युटुव च्यानलमार्फत गीत सार्वजनिक गरिएपछि दर्शक श्रोताहरुबाट राम्राे प्रतिक्रिया पाइरहेकाे निर्देशक बिकको भनाई छ । गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन तथा पदम सुबेदीको सम्पादन रहेको छ । गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साललगायतको अभिनय देख्न सकिन्छ ।