नारायणगढ-मुग्लिन सडकखण्ड १७ घन्टापछि सञ्चालनमा

चन्दा कार्की

चितवन, ५ भदाै, २०८० । नारायणगढ-मुग्लिन सडकखण्ड १७ घन्टापछि सञ्चालनमा आएको छ । सोमबार राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर केहीबेर अघिदेखि सडक सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

इच्छाकामना- ६, चितवनस्थित टोपेखोलामा सुख्खा पहिरो खस्दा १७ घण्टासम्म बाटो अबरुद्ध भएको थियो । पहिरो पन्छाएर १ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका यातायात गन्तव्य तर्फ लाग्न शुरु गरेका छन् ।

कालिखोला नजिक पहिरोले सिङै डाडाँ नै सडकमा खस्दा झण्डै ५० मिटर सडक पुरिएको थियो । पहिरोका कारण गन्तव्यमा हिँडेका सयौं सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र परेका परेका थिए ।

मा प्रकाशित