गायक राजु परियारलाइ झलकमान लोक–संगीतले सम्मान गरिने
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १४ माघ । लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ । बिन्ध्यवासिनी फाउण्डेसनको दशौं वार्षिक भेलाले गायक परियारलाई नगद २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गर्ने भएको हो । शनिवार मुक्तिनाथ विकास बैंकको प्रस्तुति, रमपम बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०८० मा सम्मानित हुने श्रष्टा तथा पत्रकारको नाम अनुमोदन गरेको छ । बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभ्मेन्ट अवार्ड २०८० बाट नगद एक लाख रुपैयाँ राशिसहित अग्रज गायिका मिरा राणालाई सम्मान गर्ने निर्णय भएको छ । त्यस्तै, बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको…

धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १३ माघ । काठमाडौँ महानगरपालिकाले धरहरामासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवाको व्यवस्था मिलाएको छ । न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि त्यसको विरोध पनि भइरहेको थियो । वैकल्पिक व्यवस्था नगरी पार्किङ हटाएको भन्दै विरोध भएको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भोलि अर्थात आइतबारदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको जानकारी दिएका छन् । यसअघि काठमाडाैं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको जनाइएको थियो । ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने उनको भनाइ छ । संरचनागत रुपमा, यो ठाउँ नेपालकै…

परिवर्तनको रक्षार्थ माओवादी घटकको एकता अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ११ मंसिर, २०८० ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षार्थ माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । सहिद प्रतिष्ठान नेपालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरेका छन् । विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु ।’ जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । यसअघि घाइतेहरुको सूचीमा छुटेकाहरुलाई पनि…

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ११ माघ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् । अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहोरा, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेपाली काँग्रेसका नारायण दत्त भट्ट र महिलातर्फ नेकपा माओवादीका रेनु चन्द विजयी भएका हुन् । महिलातर्फ विजयी माओवादीकी रेनुले ४ हजार ४५३ मत पाएर विजयी बनिन् । त्यस्तै अपाङ्गतर्फ कांग्रेसका भट्टले ४ हजार ४१९ मत पाएर विजयी बने भने अन्यतर्फ कांग्रेसकै बोहराले ४ हजार ३४७ मत पाएर विजयी बनेका हुन् ।

मधेशबाट सत्तारुढ गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ११ माघ। राष्ट्रियसभा सदस्यका लागि मधेश प्रदेशबाट सत्तारुढ गठबन्धन दुवै उम्मेदवार विजयी भएका छन् । आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । ढुंगानाले अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर विजयी बने भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी छन् । महिलातर्फ निर्वाचित सत्ता गठबन्धनकी उम्मेदवार चौधरीको मतभार ७ हजार ९२३ छ भने प्रतिद्वन्द्वी एमालेकी उषादेवी थरुनीले २ हजार ४४६ मतभार प्राप्त गरेकी छिन् । मधेश प्रदेशका एक सय ३६ पालिका र…