मधेशबाट सत्तारुढ गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

निकासखबर संवाददाता

काठमाडौं, ११ माघ। राष्ट्रियसभा सदस्यका लागि मधेश प्रदेशबाट सत्तारुढ गठबन्धन दुवै उम्मेदवार विजयी भएका छन् ।

आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।

ढुंगानाले अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर विजयी बने भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी छन् ।

महिलातर्फ निर्वाचित सत्ता गठबन्धनकी उम्मेदवार चौधरीको मतभार ७ हजार ९२३ छ भने प्रतिद्वन्द्वी एमालेकी उषादेवी थरुनीले २ हजार ४४६ मतभार प्राप्त गरेकी छिन् । मधेश प्रदेशका एक सय ३६ पालिका र प्रदेश सभाका एक सय सात सदस्य मतदाता थिए । तीमध्ये सबै पालिकाबाट तथा प्रदेश सांसदमध्ये एक सय ६ जनाबाट मतदान भएको थियो ।

मा प्रकाशित