सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

निकासखबर संवाददाता

काठमाडौं, ११ माघ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् ।

अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहोरा, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेपाली काँग्रेसका नारायण दत्त भट्ट र महिलातर्फ नेकपा माओवादीका रेनु चन्द विजयी भएका हुन् ।

महिलातर्फ विजयी माओवादीकी रेनुले ४ हजार ४५३ मत पाएर विजयी बनिन् । त्यस्तै अपाङ्गतर्फ कांग्रेसका भट्टले ४ हजार ४१९ मत पाएर विजयी बने भने अन्यतर्फ कांग्रेसकै बोहराले ४ हजार ३४७ मत पाएर विजयी बनेका हुन् ।

मा प्रकाशित