भ्रष्टाचार सूचकांकमा नेपाल दुई स्थान माथि उक्लियाे
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १६ माघ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको छ । गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए पनि विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपाल कायमै रहेको हो ट्रन्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा नेपालको अवस्थामा दुई स्थान सुधार आएको छ । नेपाल ११० औं स्थानबाट १ सय ८ औं स्थानमा उक्लिएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० मुलुकमध्ये नेपाल ३५ अंकका साथ १०८ औं स्थानमा रहेको जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ…

दक्षिण सुडान आक्रमणमा ५२ जनाको मृत्यु
आर्थिक परिवेश संवाददाता

एजेन्सी, १६ माघ । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको मृत्यु भएको छ । जसमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्य समेत रहेका छन् । अन्य ६४ जना घाइते भएको समाचार छ । सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ। सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन । जग्गाका कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ । दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन् । साम्प्रदायिक दङ्गा भइरहने अबेई क्षेत्रमा…

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्ने दिन : प्रधानमन्त्री
आर्थिक परिवेश संवाददाता

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उनीहरुले गरेका अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । शहिद स्मारक लैनचौर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले दिएको उच्च बलिदानको स्मरण गरेका छन् । प्रधानमन्त्रीले धभने, ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।’ शहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने भन्दै…

न्यायाधीश मरासेनीको मृत्यु
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातबाट मृत्यु भएको छ । मंगलबार विहान ८ः३० मा हृदयघात भएपछि तत्काल उपचारका लागि अस्पताल पुराइएको भएपनि उनको अस्पतालमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनी कलंकीस्थित नेशनल अस्पतालमा मृत्यु भएको हो । ५६ वर्षीय मरासेनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए । विहान कुरा हुँदा अदालत आउने जनाएपछि मंगलबार मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।

दरवार हत्याकाण्डसँगै राजतन्त्र समाप्त भयाे, ज्ञानेन्द्र शाह कुशका मात्र राजा : ओली
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशका राजा मात्रै भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको टिप्पणी गरे । शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गर्दै ज्ञानेन्द्रलाई कुशका राजा भनेका हुन् । तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको भन्दै दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको उल्लेख गरे । ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो । राजतन्त्र समाप्त गर्‍यो’…