दरवार हत्याकाण्डसँगै राजतन्त्र समाप्त भयाे, ज्ञानेन्द्र शाह कुशका मात्र राजा : ओली

निकासखबर संवाददाता

काठमाडौं, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशका राजा मात्रै भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको टिप्पणी गरे ।

शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गर्दै ज्ञानेन्द्रलाई कुशका राजा भनेका हुन् । तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको भन्दै दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको उल्लेख गरे ।

‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो । राजतन्त्र समाप्त गर्‍यो’ ः ओलीले भने । राजाको जेठो छोरा राजा हुने व्यवस्था भए पनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको उनले बताए । यद्यपि त्यसबेला सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको बताए ।

मा प्रकाशित