न्यायाधीश मरासेनीको मृत्यु

निकासखबर संवाददाता

काठमाडौं, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातबाट मृत्यु भएको छ । मंगलबार विहान ८ः३० मा हृदयघात भएपछि तत्काल उपचारका लागि अस्पताल पुराइएको भएपनि उनको अस्पतालमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनी कलंकीस्थित नेशनल अस्पतालमा मृत्यु भएको हो ।

५६ वर्षीय मरासेनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए । विहान कुरा हुँदा अदालत आउने जनाएपछि मंगलबार मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।

मा प्रकाशित