लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णकुमारी सापकोटा विजयी
आर्थिक परिवेश संवाददाता

काठमाडाैं, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य  निर्वाचनमा  सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् । सार्वजनिक मतपरिणाम अनुसार सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गर्दै विजयी बनेका हुन् । त्यस्तै महिला क्लस्टरमा नेकपा एमालेकी तुलसा केसीलाई पराजित गर्दै कांंग्रेसकी सापकोटा विजयी भएकी हुन् । सत्तारुढ गठबन्धन दलको समर्थन रहेको सापकोटाले ५४३५ मत प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् । औपचारिक घोणणा हुन बाँकी रहेको…

पुर्व गृहमन्त्री खाँणलाई ३० लाख धराैटीमा छाड्ने आदेश
आर्थिक परिवेश संवाददाता

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहनु भएका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो । उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३०…

सरकारद्वारा नेपालमा टिकटक तत्कालका लागि बन्दकाे निर्णय
आर्थिक परिवेश संवाददाता

इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै विभिन्न देशले यसमा प्रतिबन्ध लगाउँदै आएका छन् । मन्त्रिपरिषद् बैठकले आज नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ । मध्य एसियाली मुलुक किर्गिस्तानले अगस्त ३० देखि बालबालिकाको कुलत र मानसिक स्वास्थ्य बिग्रेको कारण देखाउँदै यसमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसको दुरुपयोग गर्दै अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतमा असर पर्ने भएपछि टिकटकमाथि विभिन्न देशले प्रतिबन्ध लगाउने निर्णय गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बेलायतले सुरक्षाकाे कारण देखाउदै मन्त्री, सचिवलगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सन्…

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने
निकासखबर संवाददाता | काठमाडौं, ३० असोज, २०८० ।

दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

लिटरमा ११ रुपैयाँ घट्यो पेट्रोलको भाउ
आर्थिक परिवेश संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो । जस अनुसार निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।