लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णकुमारी सापकोटा विजयी

निकासखबर संवाददाता

काठमाडाैं, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य  निर्वाचनमा  सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।

सार्वजनिक मतपरिणाम अनुसार सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गर्दै विजयी बनेका हुन् । त्यस्तै महिला क्लस्टरमा नेकपा एमालेकी तुलसा केसीलाई पराजित गर्दै कांंग्रेसकी सापकोटा विजयी भएकी हुन् । सत्तारुढ गठबन्धन दलको समर्थन रहेको सापकोटाले ५४३५ मत प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।

औपचारिक घोणणा हुन बाँकी रहेको छ भने ती दुई पदका लागि ६ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्य तर्फको मत परिणाम पनि औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

मा प्रकाशित