लिटरमा ११ रुपैयाँ घट्यो पेट्रोलको भाउ

निकासखबर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो । जस अनुसार निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

मा प्रकाशित