धरहरामा निःशुल्क पार्किङ गर्न पाइने

निकासखबर संवाददाता

काठमाडौं, १३ माघ । काठमाडौँ महानगरपालिकाले धरहरामासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवाको व्यवस्था मिलाएको छ । न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि त्यसको विरोध पनि भइरहेको थियो । वैकल्पिक व्यवस्था नगरी पार्किङ हटाएको भन्दै विरोध भएको थियो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भोलि अर्थात आइतबारदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको जानकारी दिएका छन् । यसअघि काठमाडाैं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको जनाइएको थियो ।

५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने उनको भनाइ छ । संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

 

मा प्रकाशित