विविध खबर
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन् । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए । उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना…
अत्यावश्यक ऐन तथा कानुनहरु तत्काल ल्याइन्छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अत्यावश्यक ऐन तथा कानुनहरु तत्काल ल्याइने बताएका छन् । नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लामो समयदेखि रोकिएको संघीय निजामती ऐन, शिक्षा ऐन र प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको जानकारी गराउउँदै उनले यस्तो बताएका हुन् । उता नेपाल प्रहरीमा ३० वर्षको सेवा अवधिको प्रावधान हटाउन चलखेल भइरहेको समाचार बाहिरिएको छ । यता प्रधानमन्त्रीले तत्काल ऐन र नियमहरु संशोधन र तर्जुमा गर्ने बताउनुलाई बाघ कराउने र बाख्रा हराउने अवस्थासँग दाँजेर हेर्न थालिएको छ । नेपाल प्रहरीको सेवाअवधि सम्बन्धमा यसअघि नै सर्वोच्च अदालतले ‘आवश्यकता परेमा…
गलत काम गर्ने कर्मचारीलाई निष्कासन गर्नेसम्मको व्यवस्था हुन्छ : मन्त्री मोदी
निकासखबर संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीेले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गराउँदै भने, “ऐनको सन्दर्भमा मैले सबै पक्षसँग छलफल गरिरहेको छु, यो ऐनबाट मुलभूत रुपमा सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ ।” ऐनमा अधिकतम विषयवस्तु समेटिने र ऐन जारी भएपछि विद्यमान समस्याको आधा समाधान निस्किने मन्त्री मोदीको भनाई थियो । “सबैका मागलाई एकैपल्ट सम्बोधन गर्न सकिँदैन,…
संघीय शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्छौंः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को छैठौं राष्ट्रिय महाधिवेशन साेमबारदेखी शुरु भएको छ। तीनदिनसम्म चल्ने महाधिवेशनको आज काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । दुई दिनसम्म चल्ने बन्दसत्र भने क्वालिटि ब्यांक्वेट बुद्धनगरमा हुने संगठनले जनाएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको पनि उनले मुक्तकण्ठले प्रशंसा गरे । शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको उल्लेख…
अर्थतन्त्रका सूचक सुधार्दै आर्थिक गतिविधि चलायमान बनाउन केन्द्रीत छौं : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउने र अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउने भन्नेतर्फ सरकार केन्द्रीत भएको बताएका छन् । आज(आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधरणसभालाई संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानी समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको समेत उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने–‘आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यान गएको छ । अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता छ । सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक…

