विविध खबर

किरियापुत्रीले गरे उपराष्ट्रपति निर्वाचनमा मतदान
निकासखबर संवाददाता

काठमाडौं । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् । पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजबाट काठमाडौं आएर मतदान गरेका हुन् । उनी आजै दिउँसो नै पोखरा फर्कँने बताइएको छ । संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको उनले बताए ।

अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई
निकासखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङकाे  सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो । पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले दुई सय ९२ तोला चाँदीजडित सिरिजङ्गा लिपिको ट्रफीका साथ रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । यस्तै द्वितीय हुने फुङलिङले रु एक लाख ३३ हजार तीन सय ३३ तथा सान्त्वना पुरस्कार स्वरुप मेरिङ्देन गाउँपालिका र सिरीजङ्घा गाउँपालिकाले रु ४४ हजार चार सय ४४ प्राप्त…

कृषि विश्वविद्यालयका डिन निलम्बित
निकासखबर संवाददाता

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताए । उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए । कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेका थिए भने, उनको भिडियो अन नै थियो । दत्त कृषि संकायको डीनको ४ बर्षे…

सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्छः कर्णजीत बुढा
निकासखबर संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेका कर्णजीत बुढाले सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै बुढाले माओवादी घटक एक ठाउँमा आउने वित्तिकै देशी विदेशी प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आएकोले माओवादीहरुलाई एकतामा आउन नदिन देशी विदेशी तत्वहरु लागि परेको बताए । उनले माओवादी घटक एक ठाउँमा आउँदा कसैलाई १०९ डिग्रीको ज्वरो आइसक्यो । माओवादीहरु यो देशको नेतृत्वमा नआउन भनेर देशी विदेशी तत्वहरु लागि परेका बताए । बुढाले भने, ‘विदेशी तत्वका विरुद्धमा जान एकता गरेका छौं । यो व्यक्तिको चासो र चिन्ताको विषय होइन । त्याग, तपस्या र बलिदानको विषय हो…

श्रीमानको मृत्यु प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता!
निकासखबर संवाददाता

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन् । मन्थली नगरपालिका वडा नं ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएका हुन् । खत्री केही समय अघि जिल्ला प्रशासन कार्यालय र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा दिए। कारबाहीको डरले चाँडै राजीनामा दिएको हुनसक्ने जानकारहरू बताउँछन्। तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र…