किरियापुत्रीले गरे उपराष्ट्रपति निर्वाचनमा मतदान

निकासखबर संवाददाता

काठमाडौं । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजबाट काठमाडौं आएर मतदान गरेका हुन् ।
उनी आजै दिउँसो नै पोखरा फर्कँने बताइएको छ । संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको उनले बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित