सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्छः कर्णजीत बुढा

निकासखबर संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेका कर्णजीत बुढाले सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै बुढाले माओवादी घटक एक ठाउँमा आउने वित्तिकै देशी विदेशी प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आएकोले माओवादीहरुलाई एकतामा आउन नदिन देशी विदेशी तत्वहरु लागि परेको बताए ।

उनले माओवादी घटक एक ठाउँमा आउँदा कसैलाई १०९ डिग्रीको ज्वरो आइसक्यो । माओवादीहरु यो देशको नेतृत्वमा नआउन भनेर देशी विदेशी तत्वहरु लागि परेका बताए । बुढाले भने, ‘विदेशी तत्वका विरुद्धमा जान एकता गरेका छौं । यो व्यक्तिको चासो र चिन्ताको विषय होइन । त्याग, तपस्या र बलिदानको विषय हो ।’

पार्टी एकता स्वाभिमान र क्रान्तिकारी आन्दोलनको रक्षाको विषय भएको बुढाले बताए । नेता कार्यकर्तालाई नयाँ तरिकाले विकास गर्न विचारको विकास समेत गर्नुपर्ने उनले बताए । यो देशको नेतृत्व गर्न विप्लवले उद्घोष गर्नुपर्ने समेत बुढाले बताए ।

मा प्रकाशित