विविध खबर

हात्तीपाइलेविरुद्धको औषधी खुवाउने म्याद थप
निकासखबर संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेको छ । फागुन २५ गतेसम्म औषधी खुवाउने समयसिमा रहेकामा मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो । कर्णाली प्रदेशबाहेक मुलुकका १५ जिल्लामा गत फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन भइरहेको छ।

निजामतीभित्रको विकृति र विसंगति समाधान गर्न ऐन कोसेढुंगा सावित हुन्छः मन्त्री मोदी
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले निजामती सेवाभित्रका विद्यमान विकृति र विसंगति न्युनीकरण गर्न संघीय निजामती सेवा ऐन कोसेढुंगा सावित हुने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको संघीय निजामती ऐनको सन्दर्भमा संवैधानिक आयोगका अध्यक्ष एवं अन्य पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् । “विद्यमान निजामती सेवामा बहाल रहेका कर्मचारीहरुमा उचित दण्ड र पुरस्कारको प्रबन्ध छैन, दण्ड भनेकै अनिच्छित सरुवा हो र पुरस्कार भनेको आकर्षक सरुवा हो भन्ने मात्रै बुझाई स्थापित छ”  उनले भने “त्यसलाई व्यवस्थित गर्नका लागि प्रस्तावित संघीय निजामती सेवा ऐनमा समुचित कारबाहीको व्यवस्था मिलाउने, त्यसका लागि कानुनी र संरचनागत…

इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीहरूलाई सम्मान
निकासखबर संवाददाता

काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले महिला कर्मचारीहरुलाई सम्मान गरेको छ । अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा इन्फोडेभलपर्सले ३ बर्ष भन्दा बढी योगदान गरेका महिला कर्मचारीलाई आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । इन्फोडेभलपर्समा सफ्टवेयर डेभलपमेन्ट, प्लानिङ, सेल्स, मार्केटिङ, सपोर्ट लगायतका विभागहरुमा १०६ जना महिला कर्मचारीहरु काम गरिरहेका छन् । कम्पनीले अनु खड्का, बिन्दु प्रधान, दिक्षा शाक्य, लसता तुलाधर, मनिषा खनाल, निश्मा काफ्ले, रेनुका खड्का, सन्जु मगर, श्रेया तामाङ्ग, श्रीस्टिना नकर्मी, सुस्मिता राईलाई  सम्मान गरेको छ । सम्मान पाउने कर्मचारीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै वरिष्ठ इन्जिनियर निश्मा काफ्लेले  नेपालकै अग्रणी कम्पनीमा काम गर्दा विभिन्न प्रयोगात्मक कुराहरु सिक्नुको साथै आफुलाई…

ज्ञान, सीप र सचेतना नहुँदा प्रविधिको दुरुपयोग बढ्न थाल्याेः सञ्चार मन्त्री रेखा शर्मा
निकासखबर संवाददाता

काठमाडा  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताएकी छन् ।   ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको प्रयोग अत्यधिक बढे पनि यससम्बन्धी आवश्यक ज्ञान, सीप र सचेतना नहुँदा प्रविधिको दुरुपयोग बढ्न थालेकाले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने आवश्यकता देखिएको बताएकी हुन् । संसारभरि बनेका प्रविधि नेपालमा प्रयोग गरिए पनि यसको प्रयोगसम्बन्धी नीति र कानुनको अभाव देखिएकाले आफ्नो मन्त्रालयलेले कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको पनि उनले बताइन् । ‘साइबर सुरक्षासम्बन्धी नीति २०७६ मा बनाएर २०७८ मा…

पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने
निकासखबर संवाददाता

जाजरकोट ।  बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकाले वडा नम्बर १, २ र ३ बाट कामको सुरुआत गरेको उहाँको भनाइ छ । यी वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय ३१ घरधुुरीमा चालु आर्थिक वर्षभित्र खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ । यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ । कुल रू दुई करोड २९ लाख ५९ हजार दुई सय ७८ लागतमा योजना…