हात्तीपाइलेविरुद्धको औषधी खुवाउने म्याद थप

निकासखबर संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेको छ ।

फागुन २५ गतेसम्म औषधी खुवाउने समयसिमा रहेकामा मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो ।

कर्णाली प्रदेशबाहेक मुलुकका १५ जिल्लामा गत फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन भइरहेको छ।

मा प्रकाशित