विविध खबर

नोबेल न्यूरो सर्जरी विभागको वार्षिकोत्सवमा नेपाल र भारतका न्यूरो सर्जनको सम्मेलन
निकासखबर संवाददाता

विराटनगर । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष बरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा नोबेलको न्यूरो सर्जरी बिभागका प्रमुख बरिष्ठ…

वर्षाका कारण नेपाल र कुवेतबीचको खेल प्रभावित
निकासखबर संवाददाता

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण फेरि अवरुद्ध भएको छ। कीर्तिपुर मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा खेल वर्षाका कारण रोकिएको हो । खेलमा कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाउँदा खेल रोकिएको हो । कुवेतविरूद्ध नेपालका करण केसी एक्लैले पाँच विकेट लिइसकेका छन् । एक विकेट सोमपाल कामीले लिएका हुन् । यसअघि पनि खेल वर्षाका कारण प्रभावित बनेको थियो । प्रभावित हुँदा ५० ओभरको खेललाई ४२ ओभरमा झारेको थियो । यस्तै २८२ रनको लक्ष्यलाई पनि डिएलएस मेथडबाट २८१ रनको लक्ष्य बनाएको हो ।

कोइरीको विवाद नटुंग्याई सकियो संसद् अधिवेशन
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसद्को चालू अधिवेशन शुक्रवार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।​ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए। चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो । जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ। केही दिनभित्रै बजेट अधिवेशनका रूपमा संघीय संसद्को वर्षे अधिवेशन आह्वान हुनेछ। आज प्रतिनिधिसभामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई स्वीकृत गर्ने विषयमा आज संसद् बैठकमा विवाद भएको थियो। सभामुख देवराज घिमिरेले कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित भएको र विरामी भई…

ससुराली गएका ज्वाइँको हत्या प्रयास
निकासखबर संवाददाता

 महोत्तरी । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ । महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा नाता पर्ने घनश्याम ठाकुरलगायतले टाउकोमा ठोस् बस्तु प्रहार गर्नुका साथै घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले जनाएको छ । मरणासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पर फुटेर रक्ताम्य तथा घाँटी…

मेची पारिको विद्यालय बन्द हुँदा……………..
निकासखबर संवाददाता

झापा। सीमामा तैनाथ भारतीय सुरक्षा बल ९एसएसबी०को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छन्। सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नं १५ को ग्वालाबस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौती खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन्। सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर अहिले खेतीपाती र चिया मजदुरीमा लागेका छन्। ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा…