वर्षाका कारण नेपाल र कुवेतबीचको खेल प्रभावित

निकासखबर संवाददाता

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण फेरि अवरुद्ध भएको छ। कीर्तिपुर मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा खेल वर्षाका कारण रोकिएको हो ।

खेलमा कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाउँदा खेल रोकिएको हो । कुवेतविरूद्ध नेपालका करण केसी एक्लैले पाँच विकेट लिइसकेका छन् । एक विकेट सोमपाल कामीले लिएका हुन् । यसअघि पनि खेल वर्षाका कारण प्रभावित बनेको थियो । प्रभावित हुँदा ५० ओभरको खेललाई ४२ ओभरमा झारेको थियो ।
यस्तै २८२ रनको लक्ष्यलाई पनि डिएलएस मेथडबाट २८१ रनको लक्ष्य बनाएको हो ।

मा प्रकाशित