विविध खबर

तनहुँ १ उपनिर्वाचनः १३ हजार मत गन्दा वाग्लेले कटाए सात हजार मत
निकासखबर संवाददाता

काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको…

बारा-२ मा चर्चामा रहेका यादव र खरेल दुबैले मतदान गर्न नपाउने
निकासखबर संवाददाता

बारा । बारा-२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये दुईले भने मतदान गर्न नपाउने भएका छन्। जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन्। जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन्। तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन्।

४५ दिने निःशुल्क शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै युएण्टो
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन युएण्टोले शिक्षक सेवा आयोगको आधारभूत तह(१८ कक्षा)परीक्षालाई लक्षित गर्दै ४५ दिने अनलाइन निशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । युएण्टो केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुन लागेको सो अनलायन तयारी कक्षा आगामी आइतबारदेखि शुरु हुने संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । उनका अनुसार ४५ सेसनमा चल्ने उक्त तयारी कक्षा दैनिक १ घण्टा ३० मिनेटको हुनेछ । दैनिक लोकसेवा र शिक्षक सेवा आयोगका ख्याति प्राप्त विज्ञ, प्रशिक्षक, पुस्तक लेखकहरुद्वारा सहजीकरण उक्त अनलाइन तयारी कक्षामा देशभरबाट जोडिन सकिनेछ । दैनिक हाजिरी हुने व्यवस्था गरिएको छ भने नियमित ३ दिनसम्म अनुपस्थित हुनेलाई…

प्रधानमन्त्रीसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल
निकासखबर संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले छलफल गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित रहेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थएि । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त…

ओखलढुङगाको ओङडा शेर्पाले गरे २ दिनमा २ पटक लोबुचे हिमाल आरोहण
निकासखबर संवाददाता

सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिका ७ का ओङडा शेर्पाले सोलुखुम्बुस्थित लोबुचे हिमालको आरोहण गरेका छन् । शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो हिमालको सोमबार र मंगलबार २ दिनमा २ पटक हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् । १० अप्रिलमा हाई माउन्टेन हिमालयन ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीबाट र ११ अप्रिल एडभेन्चर एसेन्ट प्रालीको समुहमा दुइ पटक आरोहण गरेका हुन् । उनका साथमा १६ जना विदेशी र ५ जना नेपालीले पनि हिमालको सफल आरोहण गरेका हुन् ।