विविध खबर

रायमाझीलाई कानुनी दायरामा ल्याउनुमै एमालेको कल्याण छः सांसद सापकोटा
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी विषयलाई अन्यत्र नमोड्न एमालेलाई चेतावनी दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा भुटानी शरणार्थी प्रकरणबारे कुरा उठेपछि एमाले सांसदहरूले अरू विषयमा पनि छानबिन गर्नुपर्ने बताएका थिए। माओवादी सांसद सापकोटाले एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याउन एमालेलाई आग्रह गरेका हुन्। ुप्रमुख विपक्षी दलका साथीहरूले छापामार शैलीमा आफ्नो कुरा राख्ननुभएको छ। प्रधानमन्त्रीमाथि खिसिट्युरी गर्नुभएको छ,ु सापकोटाले भने,ुतपाईंहरूले भ्रष्टाचारीलाई छानबिन गर्न माग गरेको हो भने टोपबहादुरलाई ल्याउनुस्। त्यसैमा तपाईंहरूको कल्याण हुनेछ।ु नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।…

बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको…

देशभर थपिए ७६ जना काेराेना संक्रमित
निकासखबर संवाददाता

काठमाडौं। पछिल्लो समय दैनिक काेराेना संक्रमण बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा नेपालमा  ७६ जना कोरोना संक्रमण भए सँगै  हाल देशभर एक सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । देशभर भएकाे एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । याे संख्या पछिल्लाे समय सबैभन्दा बढी हाे । आज थपिएका सँगै संक्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र  सघन उपचार कक्षमा १२ जना रहेका छन् ।

दोधारा चाँदनी सुक्खा बन्दरगाहः नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग
निकासखबर संवाददाता

कञ्चनपुर । भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो । भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले जानकारी दिए । “भारतीय पक्षले आफ्नो क्षेत्रमा पर्ने वन फडानी गरेर पहुँचमार्गको ट्रयाक खोलेको छ”, उनले भने, “पारितर्फ नेपाली सीमासम्म जोड्ने सडकको ट्रयाक खोल्ने काम सकिएको हो ।” उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने चकरपुरदेखि नेपाली भूमि गडिगोठसम्म करिब चार किलोमिटर दुरीको चार लेनको पहुँचमार्गको ट्रयाक खोलिएको छ…

दुवै हात बाँधेको अवस्थामा एक पुरुषको शव फेला
निकासखबर संवाददाता

धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ उइदुङका २५ वर्षीय सुमन भनिने छिरिङ तामाङको शव जंगलमा हात बाँधिएको अवस्थामा मंगलबार भेटिएको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर ३ लचेतको जंगलमा हातमा बाँधेर झुण्डिएको अवस्थामा शव भेटिएको हो । दुबै हात डोरीले बाँधेर रुखमा झुण्डाइएको अवस्थामा फेला परेको खनियाबास गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रताप बहादुर तामाङले जानकारी दिए । जंगलमा माहुरी खोज्न जाँदा गंगाजमुना गाउँपालिकास्थित रिगाउँका एकजनाले झुण्डिएको अवस्थामा देखेर गाउँलेलाई खबर गरेपछि हेर्न जाँदा २५ वर्षिय सुमनको शव कुहिएको अवस्थामा फेला परेको वडा सदस्य तामाङले जानकारी दिए। गत माघ दोस्रो सातादेखि गाउँघरमा उनी देखिएका थिएनन् ।…