देशभर थपिए ७६ जना काेराेना संक्रमित

निकासखबर संवाददाता

काठमाडौं। पछिल्लो समय दैनिक काेराेना संक्रमण बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा नेपालमा  ७६ जना कोरोना संक्रमण भए सँगै  हाल देशभर एक सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर भएकाे एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । याे संख्या पछिल्लाे समय सबैभन्दा बढी हाे ।

आज थपिएका सँगै संक्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र  सघन उपचार कक्षमा १२ जना रहेका छन् ।

मा प्रकाशित