खबर

नक्कली शरणार्थी प्रकरणः तानिदै शिर्षस्थ, बाक्लिदै वार्ता
निकासखबर संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले शीर्ष नेताहरुबीचको भेटवार्ता तीब्र बन्नुका साथै उनीहरु घण्टौं छलफलमा जुट्न थालेका छन् । एकअर्कालाई सत्तोसराप गर्न पछि नपर्ने नेताहरु एकाएक बन्द कोठामा छलफलमा जुट्न थालेपछि नक्कली शरणार्थी प्रकरण यत्तिकै सेलाउने त होइन ? आशंका बढ्न थालेको छ । नक्कली शरणार्थी प्रकरणमा कांग्रेस–एमालेका शीर्ष नेतादेखि नेताका सन्तान परेको आरोपपछि राजनीतिक वृत्त गर्माएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ’बाददल’का छोरा प्रतिक थापा, सचिव टोपबहादुर रायमाझी र उनका छोरा र कांग्रेस नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनकी पत्नी मञ्जुको नाम जोडिएपछि राजनीतिक क्षेत्रमा अनेक आशंका गरिएका छन् । बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ…

बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको…

आइतबार आठौं राष्ट्रिय पत्रकारिता दिवस
निकासखबर संवाददाता

काठमाडौं । भोलि वैशाख २४ गते आठौं राष्ट्रिय पत्रकारिता दिवस मनाइदै छ ।  मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने छ । सञ्चार तथा सूचनाा प्रविधि मन्त्रलायको आयोजनामा आइतवार दिउँसो ठीक १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा विशेष समारोह आयोजना गरिने भएको छ । सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ठ…

सांसद मन्त्रीहरुको भत्ता र अन्य सुबिधाहरु कटौती गर्न पर्छः गगन थापा
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन् । विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताए। नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारणसभालाई धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापा भने, “म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैँयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ ।” “सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठयारो परेको वर्ष…

बालकोटको शरणमा रहेका टोपबहादुरकाे तारेखमा छुट्ने दाउ
निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको नेपाल प्रहरीले व्यापक खोजी गरिएको छ । बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि एकाएक गायव भएका उनको पैहरीले खोजी गरी रहेको हो । पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी पछिल्लो समय काठमाडौं उपत्यकामा लुकिछिपी बसेको स्रोतको दाबी छ । बुधबार दिउँसो गृहजिल्ला अर्घाखाँचीको औपचारिक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै सहभागी उनी साँझ बुटवल झरेका थिए । सोही राति साढे ८ बजे बुद्ध एअरको उडानमा सभामुखसँगै काठमाडौं आउन लागेका उनले साढे ९ बजेको निम्ति टिकट सारेका थिए । त्यही समयमा छोरा सन्दीपलाई प्रहरीले बुटवलमा पक्रेर भोलिपल्ट…