बालकोटको शरणमा रहेका टोपबहादुरकाे तारेखमा छुट्ने दाउ

निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको नेपाल प्रहरीले व्यापक खोजी गरिएको छ । बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि एकाएक गायव भएका उनको पैहरीले खोजी गरी रहेको हो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी पछिल्लो समय काठमाडौं उपत्यकामा लुकिछिपी बसेको स्रोतको दाबी छ । बुधबार दिउँसो गृहजिल्ला अर्घाखाँचीको औपचारिक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै सहभागी उनी साँझ बुटवल झरेका थिए । सोही राति साढे ८ बजे बुद्ध एअरको उडानमा सभामुखसँगै काठमाडौं आउन लागेका उनले साढे ९ बजेको निम्ति टिकट सारेका थिए ।

त्यही समयमा छोरा सन्दीपलाई प्रहरीले बुटवलमा पक्रेर भोलिपल्ट काठमाडौं ल्यायो । अदालतले तीन दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएपछि सन्दीप काठमाडौं प्रहरी परिसर, टेकूको हिरासतमा रहेका छन् ।

बिहीबार बिहान रायमाझीको सचिवालयले उनी स्थलमार्ग हुँदै काठमाडौं आएको बताएको थियो । तर, लगत्तै उनी भैरहवाबाटै प्रहरीको उच्च नेतृत्वसँग सम्पर्कमा रहेको खबर फैलार आम नागरिकलाई भ्रममा पारीएको थियो ।

सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटेर रायमाझीलाई पक्रन खोजिएको घटनाप्रति आपत्ति समेत जनाएका थिए । उनले पटक पटक मन्त्री बनेको व्यक्तिलाई दोबाटोबाट पक्रन खोजिएको भन्दै सरकारी रवैयाको चर्को विरोध गरेका थिए । रायमाझीले सोही दिन प्रधानमन्त्री दाहाल र प्रहरी प्रमुख वसन्त कुँवरसँग समेत टेलिफोनमा कुराकानी गरेर प्रहरी कार्यालयमा उपस्थित भई आफ्नो कुरा राख्ने बताएको उच्च स्रोतको भनाइ छ ।

तर प्रहरीले पक्राउ पुर्जी जारी गरेको चार दिन बितिसक्दासमेत थप जानकारी प्राप्त गर्न नसक्नुमा प्रहरी संगठनलाई बनावटी ‘चुनौती’ थपिएको बताइन्छ । उनी बुटवल, भैरहवा, काठमाडौं वा ललितपुरमा नभएर भक्तपुर क्षेत्रमा बसेको उच्च स्रोतको दाबी छ । रायमाझी बालकोट नजिकै एक जनाको घरमा बसेको थाहा भए पनि राजनीतिक नेतृत्वको दबाबका कारण झ्याप्पै समात्न गाह्रो भ एको प्रहरी स्रोतले बतायो ।

प्राप्त जानकारीअनुसार उनी सबै सेटिङ मिलेपछि मात्रै सार्वजनिक हुने योजनामा रहेका छन् । भोलि वा सोमबार प्रहरीमा आफैँ उपस्थित भएर तारेखमा छुट्न पहल भइरहेकाले रायमाझी बालकोट एरियामा गएर बसेको बताइन्छ । यसबारे प्रहरीले ‘अनभिज्ञता’ जनाएको छ ।

मा प्रकाशित