खबर
शरणार्थी प्रकरण : दोस्रो चरणको अनुसन्धान थाल्न प्रहरीलाई निर्देशन
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान हुने भएको छ । सो प्रकरणका आरोपितहरुले बयानमा नाम लिएका र कुनै न कुनै रुपमा संलग्नता देखिएकाहरुमाथि फेरि अनुसन्धान हुने भएको छ । बुधबार ३० जनाविरुद्ध अदालतमा मुद्दा पेश गर्ने क्रममा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका भएपनि अहिलेसम्म छानबिनको दायरामा नआएकाहरुको हकमा थप अनुसन्धान हुने भएको हो । सरकारी वकिलको कार्यालय, काठमाडौंले ‘प्रतिवादीहरुको बयान पोलमा परी खुलाइदिएका व्यक्तिहरुको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसूर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दावी लिई अभियोग–पत्र…
ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
निकासखबर संवाददाताकाठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सांसद पदबाट निलम्बन गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च पुगेका श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमको माग गरेको अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा। ढाकाकुमार श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा स्थापित गर्ने निर्णय गरेको थियो । सो निर्णयको प्रति निर्वाचन आयोगलाई बुझाएलगत्तै आयोगले विन्दवासिनी कंसाकारलाई सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । तर सांसद कंसाकारले सांसदको शपथ भने गर्न पाएकी थिइनन् । यसअघि सर्वोच्च अदालतले कंसाकारलाई…
ओलीका प्रमुख स्वकीय सचिवलाई बालुवाटारमै १ करोड दिएँः केशव दुलाल
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् । प्रहरीले सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा दुलालले भनेका छन्, ‘…तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड…
मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै
निकासखबर संवाददाताभक्तपुर । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ । सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए । आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उनकाे भनाइ छ । यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भ¥याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो । ती सबै क्षेत्रमा पटक–पटक माइकिङ…
लेनदेनको विषयमा गृह मन्त्रालयमै विवाद भएको थियोः रायमाझी
निकासखबर संवाददाताकाठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नबीच गृह मन्त्रालयमै लेनदेनको विषयमा विवाद भएको बयान दिएका छन् । १६ पुस २०७७ मा काम विशेषले गृह मन्त्रालय गएको बेलामा स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको र कार्यकक्षमा छिर्दा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको बयान दिएका छन् । कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौं ? भनी सोध्दा निजहरूले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका बयानमा भनेका छन् । त्यस्तै, रायमाझीले…