खबर
रेशमलाई कैद माफीको निवेदन राष्ट्रपति कार्यालयमा
निकासखबर संवाददाताकाठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया सुरु गरेको छ । २०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रक्रिया सुरु भएको हो । त्यसका लागि गृह मन्त्रालय हुँदै निवेदन राष्ट्रपति कार्यालयमा पुगिसकेको छ । रेशम चौधरीसहित २० जनाको कैद मिनाहाका लागि निवेदन प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले बताएकाे छ । अहिले फाइल अध्ययनकै क्रममा रहेकाे र अध्ययन सकेपछि राष्ट्रपतिसमक्ष पेस हुने स्राेतले जनाएकाे छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था गरिएको छ। अदालतको…
सहकारीको करोडौं रकम हिनामिना गरेर फरार भएका मेयर एमालेबाट निलम्बित
निकासखबर संवाददाताबाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नेकपा (एमाले)बाट निलम्बित भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रकम हिनामिना गरेर फरार भएको समचार बाहिरिएपछि उनलाई एमाले गण्डकी प्रदेश कमिटीको बुधबार बसेको बैठकले निलम्बन गरेको हो । एमाले गण्डकी प्रदेश कमिटी सचीव धनञ्जय दवाडीले एक विज्ञप्त्ति जारी गर्दै उनी निलम्बित भएको जनाएका हुन् । ‘‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’विज्ञप्तिमा भनिएको छ । उनीसहित इमेज सहकारीका पदाधिकारी…
प्रहरी कुनै षड्यन्त्रको शिकार भएको छैनः गृहमन्त्री श्रेष्ठ
निकासखबर संवाददाताकाठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको बताएका छन् । उनले कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताए । आज बिहान गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए । कोही निर्दोष फस्नु हुन्न भन्नेमा आफू समेत रहेको भन्दै उनले भने, ‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पुर्याउने काम गर्न मिल्दैन ।’ दोषीलाई कुनै पनि नाममा छुट दिन नहुने उनले बताए । कुनै दबाव परे…
रविको आक्रोश: घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ
निकासखबर संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको टिप्पणी गर्दै घण्टीलाई बजाउन मात्र होइन, घण्टी बजाइदिन मिल्ने बताएका हुन्। आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको उनले बताएका छन्। ‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु’, उनले लेखेका छन्, ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९…
विष्णु रिमालले हर्क साम्पाङ सँग मागे माफी भने – धरानमै आएर श्रम गरौँला
निकासखबर संवाददाताकाठमाडौं । नेकपा एमालेका सचिव विष्णु रिमालले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई बौलाहा भनेकोमा पछुतो व्यक्त गरेका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको आन्तरिक प्रशिक्षणका क्रममा आफूले सकारात्मक हिसाबले धरानका मेयरलाई बौलाहा भनेको उल्लेख गर्दै रिमालले अनौपचारिक तबरबाट प्रयोग भएको शब्द/वाक्य/वाक्याँश सार्वजनिक हुँदा अशोभनीय सुनिएको बताएका हुन् । आफूले सकारात्मक अर्थमा भनेको शब्द अमर्यादित जस्तो लाग्न पुगेको पनि उनले उल्लेख गरेका छन् । हर्क साम्पाङ र बालेन साह जस्ता केही जनप्रतिनिधिले समाज र देशको लागि राम्रो गर्छु भनेर लागिपरेको उल्लेख गर्दै रिमालले आफू पनि धरानमा श्रम गर्न जान तयार रहेको बताएका छन् । के भने का थिए त…