खबर

कांग्रेस महासमिति सदस्यको लेबी ३ हजार : खान पाइने, बस्ने काँ ?
निकासखबर संवाददाताकाठमाडौं, २७ माघ । नेपाली कांग्रेसको महासमितिको बैठक यही फागुन ७ देखि १० फागुनसम्म चल्नेछ । त्यसको तयारीलाई निकै तीव्रता दिइएको र हालसम्म ८० प्रतिशत पूरा भइसकेको प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्मा जानकारी दिए । उनका अनुसार हल बुकिङ, आवास र भोजनको काम पनि भइसकेको र हाल प्रचार प्रसारको काम भइरहेको जानकारी दिए । उनले महासमिति बैठकले अहिलेसम्म पार्टीले अबलम्बन गर्दै आइरहेको सैद्धान्तिक पक्षलाई निरन्तरता दिने बताए । महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा कांग्रेसको केन्द्रीय निर्वाचन आयोग लिएको बताए । आयोगले सबै कुराको अध्ययन गरेर प्रक्रियागत ढंगबाट टुंग्याउने र प्रक्रिया नपुगेकोलाई प्रक्रिया पुर्याउन बदर गर्ने भन्ने निर्देशन…

चे ग्वेभाराकी छोरी एलिडा नेपाल आउँदै
निकासखबर संवाददाताकाठमाडौं, २७ माघ । विश्व चर्चित समाजवादी आन्दोलनका नेता चे ग्वेभारीकी छोरी एलिडा ग्वेभारा नेपाल आउँदैछिन् । उनी फागुन गते काठमाडौं आइपुग्ने जनाइएको छ । यही फागुन ३ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको ‘विश्व समाजवादी फोरम’मा सहभागी हुन एलिडा काठमाडौं आउन लागेकी हुन् । पुँजीवादीहरूको विश्व सम्मेलनको विकल्पमा विश्वभरका समाजवादीहरू काठमाडौंमा भेला हुँदैछन् । यो सम्मेलनमा विश्वभरबाट समाजवादी नेताहरू काठमाडौं आउँदैछन् । सोही कार्यक्रममा भाग लिन एलिडा पनि नेपाल आउने भएकी हुन् ।

लमजुङ क्याम्पसमा नेविसंघ र अखिलका विद्यार्थीबीच कुटाकुट, चार जना घाइते
निकासखबर संवाददातालमजुङ, २७ माघ । लमजुङको कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीबीच कुटाकुट भएको छ । शनिवार विहान सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पसको होस्टलमा दुई पक्षबीच कुटाकुट भएको हो । नेविसंघनिकट भनिएका विद्यार्थी अखिलमा लगिएको निहुँमा विवाद सुरू भएको थियो । नेविसंघनिकट विद्यार्थीले चौरमा बसिरहेका विद्यार्थीमाथि विना कारण आक्रमण गरेको अनेरास्ववियुको दाबी छ । घटनामा अनेरास्ववियुमा आबद्ध चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने घटनामा संलग्न कसैलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समीक बडाल र गण्डकी प्रदेश अध्यक्ष…

चितवनमा खिचिएको याे तस्वीर विश्वकै उत्कृष्ट
निकासखबर संवाददाताकाठमाडौं, २७ माघ । हात्तीले शरीरको झिंगा धपाउन बालुवा छर्किँदै गरेको एक तस्वीर विश्वको उत्कृष्ट तस्वीर बनेको छ । पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको उक्त तस्बिरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ जितेको हो यो सँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेको छ । विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड (२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए । ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।…

प्रधानमन्त्री बन्ने ‘विप्लव’ को चाहना
निकासखबर संवाददाताबुटवल, २७ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पाँच वर्ष नेपालको प्रधानमन्त्री बन्न पाउने चाहना व्यक्त गरेका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने दावी समेत गरे । उनले भने, ‘एक पटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर पाँच वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’ संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको उनले बताए । उनले अन्य दलहरुसँग एक पटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह समेत गरे । विप्लवले भने, ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट…