चे ग्वेभाराकी छोरी एलिडा नेपाल आउँदै

निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । विश्व चर्चित समाजवादी आन्दोलनका नेता चे ग्वेभारीकी छोरी एलिडा ग्वेभारा नेपाल आउँदैछिन् । उनी फागुन गते काठमाडौं आइपुग्ने जनाइएको छ । यही फागुन ३ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको ‘विश्व समाजवादी फोरम’मा सहभागी हुन एलिडा काठमाडौं आउन लागेकी हुन् ।

पुँजीवादीहरूको विश्व सम्मेलनको विकल्पमा विश्वभरका समाजवादीहरू काठमाडौंमा भेला हुँदैछन् । यो सम्मेलनमा विश्वभरबाट समाजवादी नेताहरू काठमाडौं आउँदैछन् । सोही कार्यक्रममा भाग लिन एलिडा पनि नेपाल आउने भएकी हुन् ।

 

मा प्रकाशित