कांग्रेस महासमिति सदस्यको लेबी ३ हजार : खान पाइने, बस्ने काँ ?

निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसको महासमितिको बैठक यही फागुन ७ देखि १० फागुनसम्म चल्नेछ । त्यसको तयारीलाई निकै तीव्रता दिइएको र हालसम्म ८० प्रतिशत पूरा भइसकेको प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्मा जानकारी दिए । उनका अनुसार हल बुकिङ, आवास र भोजनको काम पनि भइसकेको र हाल प्रचार प्रसारको काम भइरहेको जानकारी दिए ।

उनले महासमिति बैठकले अहिलेसम्म पार्टीले अबलम्बन गर्दै आइरहेको सैद्धान्तिक पक्षलाई निरन्तरता दिने बताए । महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा कांग्रेसको केन्द्रीय निर्वाचन आयोग लिएको बताए । आयोगले सबै कुराको अध्ययन गरेर प्रक्रियागत ढंगबाट टुंग्याउने र प्रक्रिया नपुगेकोलाई प्रक्रिया पुर्याउन बदर गर्ने भन्ने निर्देशन भएको जानकारी दिए ।

प्रतिनिधिबाट रजिष्ट्रेशन शुल्क भनेर तीन हजार लिइने र उनीहरुलाई खाना खाजा खुवाउने बताए । उनले भने, ‘प्रतिनिधिहरुबाट रजिष्ट्रेशन शुल्क तीन हजार लिन्छौं र त्यसैभित्रबाट खाना र खाजाको व्यवस्था हुन्छ । बस्ने ठाउँको चाहिँ समन्वय हुन्छ। हामीले होटेल बुक गरेर एकरुपता ल्याइदिन्छौं। तर, उहाँहरु आफ्नै अनुकुलतमा आएर बस्नुहुन्छ।’

बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी हुने आलकन भएको उनले बताए । कांग्रेसको विधानका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्य चयन भएर आउँछन् । त्यसमा केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, भ्रातृलगायतबाट पनि प्रतिनिधि हुन्छन् ।

 

मा प्रकाशित