खबर

मेलम्चीको पानीमा भ्रष्टचार, भीम उपाध्यायसहित १८ जना विरुद्ध मुद्दा दायर
निकासखबर संवाददाताकाठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा आज पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १८ जनालाई प्रतिवाद बनाई मुद्दा दायर गरेको हो । त्यस्तै त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुमाथि ८५ करोड ९१ लाख रुपैयाँ हिनामिनाको अभियोग छ। खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ । त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख…

तीन हजार लघुवित्त पीडितहरू काठमाडौंमा
निकासखबर संवाददाताकाठमाडौं, ६ फागुन । सरकारले समिति बनाएर पनि केहि काम नगरेकोको भन्दै देशभरबाट झण्डै तीन हजार लघुवित्त तथा वित्तीय पीडितहरू राजधानी आएका छन् । उनीहरुले राजधानीमा ¥याली समेत निकालेका छन् । सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले दिएको जानकारी अनुसार देशभरबाट लघुवित्त पीडितहरु काठमाडौं आएका हुन् । उनीहरूले भोलिदेखि नियमित रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका छन् । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । आज थानकोटबाट र्यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने तयारीमा रहेको उनीहरुले बताए ।

समाजवादी मोर्चाको संयोजक बने विप्लव
निकासखबर संवाददाताकाठमाडौं, ६ फागुन । सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा आइतबार बसेको मोर्चाको बैठकले आलोपालो नेतृत्वको फर्मुला अनुसार विप्लवलाई संयोजक चयन गरेको हो । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल थिए । पूर्वसहमति अनुसार सो नेतृत्व विप्लवलाई दिइएको हो । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिए ।…

शिक्षा पत्रकार समूहले मनायाे रजत जयन्ती, पाँच जना सम्मानित
निकासखबर संवाददाताकाठमाडौं, ५ फागुन । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । २५ वर्षअघि स्थापना भएको सो समूहले विशेष कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको हो । कार्यक्रममा प्रमूख अतिथि शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै दिइएको भन्दै प्रयाप्त छलफल गरेर नै संविधानमा विद्यालय शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएको बताए । यसमा विभिन्न खालका टिकाटिप्पणी भइरहेको भन्दै आवश्यकता तथा जानेर नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएको प्रष्ट्याए । विद्यालय शिक्षा विधेयक हिउदे अधिवेशनबाट पास गर्नका लागि सरकार र समिति लागिपरेको भन्दै हिउँदे अधिवेशनबाट प्रतिनिधिसभाबाट पारित गराउने र बर्खे अधिवेशनमा राष्ट्रियसभाबाट…

महोत्तरीमा झडप, प्रहरीद्वारा ४ राउन्ड हवाई फायर
निकासखबर संवाददातामहोत्तरी, ५ फागुन । महोत्तरीको सम्सीमा झण्डा मेलामा दुई समूहबीच झडप भएको छ । मेलाको कलश यात्राका क्रममा विवाद हुँदा दुई समूहबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् । ब्रह्मस्थान मन्दिरमा महावीर झन्डा मेलाको आज उद्घाटन गरिदैछ । मेलाको उद्घाटन अघि वडा नम्बर १ बाट कलश यात्रा निकालिएको थियो । कलश यात्रा मस्जिद भएको स्थानबाट गएको र त्यहाँ जय श्रीरामको नारा लगाएपछि मुस्लिम समुदायले विरोध गर्दा…