समाजवादी मोर्चाको संयोजक बने विप्लव

निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा आइतबार बसेको मोर्चाको बैठकले आलोपालो नेतृत्वको फर्मुला अनुसार विप्लवलाई संयोजक चयन गरेको हो । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल थिए । पूर्वसहमति अनुसार सो नेतृत्व विप्लवलाई दिइएको हो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।
बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिए । उनले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने निर्णय गरेको पनि बताए ।

 

मा प्रकाशित