तीन हजार लघुवित्त पीडितहरू काठमाडौंमा

निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । सरकारले समिति बनाएर पनि केहि काम नगरेकोको भन्दै देशभरबाट झण्डै तीन हजार लघुवित्त तथा वित्तीय पीडितहरू राजधानी आएका छन् । उनीहरुले राजधानीमा ¥याली समेत निकालेका छन् । सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले दिएको जानकारी अनुसार देशभरबाट लघुवित्त पीडितहरु काठमाडौं आएका हुन् । उनीहरूले भोलिदेखि नियमित रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका छन् ।

मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । आज थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने तयारीमा रहेको उनीहरुले बताए ।

मा प्रकाशित