महोत्तरीमा झडप, प्रहरीद्वारा ४ राउन्ड हवाई फायर

निकासखबर संवाददाता

महोत्तरी, ५ फागुन । महोत्तरीको सम्सीमा झण्डा मेलामा दुई समूहबीच झडप भएको छ । मेलाको कलश यात्राका क्रममा विवाद हुँदा दुई समूहबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् ।

ब्रह्मस्थान मन्दिरमा महावीर झन्डा मेलाको आज उद्घाटन गरिदैछ । मेलाको उद्घाटन अघि वडा नम्बर १ बाट कलश यात्रा निकालिएको थियो । कलश यात्रा मस्जिद भएको स्थानबाट गएको र त्यहाँ जय श्रीरामको नारा लगाएपछि मुस्लिम समुदायले विरोध गर्दा झडप भएको बुझिएको छ । झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत भएको छ ।

 

मा प्रकाशित